पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । साँझदेखि देशका धेरै ठाउँमा पानी पर्नेछ ।
प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेकाे पनि विभागले जनाएको छ । न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।