राजस्व छलीको आरोपमा तीन करोड १९ लाख बिगो मागसहित ६ जनाविरुद्ध मुद्दा दायर

 भदौ ७, २०७७ आइतबार १६:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भन्सार छलेर भारतबाट सामान भित्र्याएकाे आरोपमा राजस्व अनुसन्धान विभागले तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

छुट्टै क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ता कपडालगायत सामान भित्र्याउने वीरगञ्जका रजनीश कुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनालाई पाटन उच्च अदालतमा तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ । 

मालसामान ढुवानीकर्ता नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्र कुमार गुप्ता, ट्रक चालक सुनिल कुमार, काठमाण्डौमा व्यवसाय गर्ने बाराकाे कलैयाका रञ्जित गुप्ता र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया