काठमाण्डौमा कन्ट्याक्ट ट्रेसिङ तीव्र : मन्त्रालय

 भदौ ७, २०७७ आइतबार १७:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ तीव्र गतिमा हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय सरकार, प्रदेश सरकार र पालिकासँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिएको र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितलाई प्रयोगशालाबाट फोन आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गाैतमले ५० लाख जनसङ्ख्या भएको काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसकाे सङ्क्रमण पुगेमा नियन्त्रण गर्न निकै गाह्रो हुने भएकाले कडाइका साथ मापदण्ड पालना गर्न पनि आग्रह गर्नुभएको छ ।

मास्क नलगाइ हिँड्ने काम नगरि बाहिर हिँड्ने, बैठक भेला गर्नेहरुका कारण काठमाण्डौमा जोखिम बढिरहेको पनि प्रवक्ता गौतमले बताउनुभयाे । 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया