अमेरिकामा प्लाज्मा थेरोपीमार्फत सङ्क्रमितको उपचार गर्न अनुमति

 भदौ ८, २०७७ सोमबार ७:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्क्रमित बिरामीको उपचारमा लागि प्लाज्मा थेरापीमार्फत उपचार गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

उहाँले सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने बताउनु भएको छ । प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने उहाँको दाबी छ । अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको ज्यान गएको छ । 

विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित छन् । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । तर, ८ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया