चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

 भदौ ८, २०७७ सोमबार १२:२६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ । 

खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो । 

तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो ।

स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्ययन थालेको जानकारी दिनुभयो । 

चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएका उहाँले बताउनुभयो । 

खोपको परीक्षण जनावर र मानिसमा गर्ने तयारी छ । झण्डै डेढ दुई सय मानिसमा खोपको परीक्षण गर्ने तयारी भए पनि प्रक्रियाकै चरणमा रहेकाले निश्चित भइनसकेको डाक्टर ज्ञवालीले बताउनुभयो। 

खोप परीक्षणका लागि तयारी भए पनि प्रपोजल तयार हुनै बाँकी छ । परीक्षण गर्ने व्यक्ति र खर्चबारे टुंगो लागि नसकेको परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले बताउनुभयो । 

खोपको परीक्षणको लागि बिरामीको सबै क्लिनिकल रेकर्ड, औषधिको प्रति असर तथा औषधिको रेकर्ड दुरुस्त राखी परिषद् तथा स्वास्थ्य मन्त्रालयमा पठाउन भनिएको छ । 

विश्वका विभिन्न देशले अहिले कोरोना विरुद्ध बनेको खोपको तेस्रो चरणमा परीक्षणको तयारी गरिरहेका छन् । 

रुसमा भने तेस्रो चरणको परीक्षण विना नै खोपलाई स्वीकृति दिएको भन्दै स्वास्थ्य विज्ञले खोपको प्रभावकारितामा प्रश्न उठाएका छन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • gehendra

    Aug. 25, 2020, 6:18 a.m.

    निशुल्क खोप ल्याउने, अनी गरीब जनतालाई महँगोमा बेचेर पैसा कमाउने धन्दामा चाँही नलागोस ।

  •  0 Reply
  • कमल अर्याल

    Aug. 24, 2020, 6:37 p.m.

    सबै खोपको परिक्षण स्थल नेपाल बनाउन हुदैन, यो मेडिकल माफियाहरुले दुनिया मा रहस्यमय ढंगले कोरोना भाइरस को नाममा आतंक मच्चाइरहेका छन्, यदि साँचो अर्थमा कोरोना नै हो भने नेपालमा परिक्षण गर्न दिनु हुँदैन, हाम्रो छिमेकी मुलुक भारतमा पनि छिट्टै तेस्रो चरणमा परिक्षण हुने हुँदा पर्ख र हेर को सिद्धान्त अपनाउनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया