१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रतिवेदनमार्फत कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन गएको मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव दिएको छ । ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी अघि बढ्न सुझाव दिइएको छ।
मंसिर ४ गतेको सहमतिमा पनि ओलीले ५ वर्ष सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने भनिएको थियो । पार्टी विवाद अन्त्यसम्बन्धी प्रस्ताव तयार पार्न गठित कार्यदलले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थानमा ध्यान केन्द्रीत गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताको कार्यान्वयनजस्ता विषयमा काम केन्द्रीत गर्न कार्यदलले सरकारलाई सुझाव दिएको छ । कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।