१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको छ ।
विभिन्न जिल्ला तथा पालिकामा निषेधाज्ञाका कारण दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत अवरोध आएको गुनासोपछि मन्त्रालयले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको हो । मन्त्रालयले सबै पालिकालाई पत्र पठाएर अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज रुपमा हुने व्यवस्था मिलाउन भनेको छ ।
तरकारी, दूधलगायतको ढुवानी सहज नहुँदा किसानको उत्पादन खेर गइरहेको र उपभोक्ताले सामान नपाउने तथा महँगो मूल्य तिर्नुपर्ने गुनासो बढेको छ । ढुवानी सहज नभएकाले कतै उत्पादन खेर जाने र कतै मूल्य बढ्ने गरेको व्यवसायीले बताएका छन् ।
अरु उपभोग्य वस्तुको ढुवानीमा पनि धेरै झन्झट व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर औषधि खाद्यवस्तु लगायतका सामग्रीको निर्बाध ढुवानी र किसानको उत्पादन बजारसम्म पुर्याउन सुनिश्चित गराउन अनुरोध गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।