इलामको घ्यूदेखि जुम्लाको मार्सी चामल घरघरमै डेलिभरी

 भदौ ९, २०७७ मंगलबार १५:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्रामीण भेगका किसानका उत्पादनलाई राजधानी काठमाण्डौसँग जोड्नको लागि ई–फार्मले कारोबार सुरु गरेको छ । ई–फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरी काठमाण्डौका उपत्यकावासीलाई अनलाइन डेलिभरीमार्फत सेवा दिँदै आएको छ । 

ई–फार्मले पूर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको अनतिको चामल र जेठोबुढोको चामल त्यस्तै जुम्लाको मार्सी चामल, तिते फापरको पिठो, सेतो मकै, कालो चामल, स्याउको चना, सिमीको दाल, जौको च्याख्ली, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुराको बिक्री गर्दै आएको छ । त्यस्तै ई–फार्मले स्ट्रबेरी, ब्ल्याकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्री गर्दै आएको छ। 

कोरोनाको सङ्कटमा पनि होम डेलिभरी नरोकिएको ई–फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताउनुभयो । ग्रामीण किसानका उत्पादनसँगै ललितपुरको धापाखेलमा फार्म सञ्चालन गरी ताजा तरकारी र फलफुलसमेत डेलिभरी गरिरहेको श्रेष्ठले बताउनुभयो । 

सपिङ गर्न ई–फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइट (www.efarm.live) मार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ । अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ई–फार्मले जनाएको छ । बिल तिर्न ई–सेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ । विदेशमा भएकाले आफ्नो आफन्तको लागि सपिङ गर्न सकून् भनेर पे–पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।

‘गाउँको कोसेली’ नारा लिएको ई–फार्मले किसानलाई उचित मूल्य र ग्राहकलाई गुणस्तरीय सामान बिक्री गर्नु आफ्नो उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । ‘किसानसम्म पुग्न नसक्ने अहिले ई–फार्मको माध्यमबाट सहजै पुग्न सकिन्छ ।’ ई–फार्मले किसानसँग जोडिएका हरेक सामाग्रीलाई बजार व्यवस्थापन गर्ने कामसमेत गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो उत्पादन ई–फार्ममार्फत बेच्न चाहने किसानले ०१–५२२९१३० मा सम्पर्क गर्न सक्ने छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Badri

    Aug. 25, 2020, 8:27 p.m.

    Can I get price of rice

  •  0 Reply

तपाईको प्रतिक्रिया