‘कोरोना नआएको भए भैरहवा विमानस्थल बनिसक्थ्यो, मन्त्रालयको खर्च ९० प्रतिशत पुग्थ्यो’

 भदौ ९, २०७७ मंगलबार १७:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीको कारण लक्ष्यअनुसार काम गर्न नसकेको बताउनुभएको छ । 

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्न भएको भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले सबैभन्दा धेरै पुँजीगत खर्च र वित्तीय प्रगति हुने समय अर्थात् पुसदेखि असारसम्म काम गर्न नपाउँदा मन्त्रालयको खर्च लक्ष्यअनुसार नभएको मन्त्री भट्टराईको भनाइ छ । 

‘कोरोनाले बिथोल्दा बिथोल्दै पनि हामीले ६४ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएका छौँ, वित्तीय व्यवस्था र चालु खर्चसमेत गर्दा औसतमा मन्त्रालयको खर्च ६० प्रतिशत रहेको छ’, मन्त्री भट्टराईले भन्नुभयो, ‘भैरहवामा साढे तीन अर्ब र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा उल्लेख्य रुपमा काम नहुँदा डेढ अर्ब खर्च हुन सकेन र पुँजीगत खर्च धेरै देखिएन । कोरोना महामारी नआएको भए सबै प्रगति ९० प्रतिशत हुन सक्थ्यो । तर परिस्थिति हाम्रो काबुभन्दा धेरै बाहिर थियो ।’

कोरोना नआएको भए गएको आर्थिक वर्षमै भैरहवा विमानस्थलको काम सकिइ सक्ने मन्त्री भट्टराईको दाबी छ । ‘लकडाउन हुँदा हुँदै पनि भैरहवामा काम भइरहेको थियो तर हामीले गरेको लकडाउनका कारण कतिपय विदेशी प्राविधिक र उपकरण आउन नपाउँदा प्रगतिमा केही कमी देखिएको हो, सरासर काम गर्न पाएको भए भैरहवा विमानस्थल तीन महिनाअघि नै निर्माण सम्पन्न भएर सञ्चालनको दिशामा जाने थियौँ’, मन्त्री भट्टराईले भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया