अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
रुकुम पश्चिम – लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा रुकुम पश्चिममा प्रहरीले गोली प्रहार गरेको छ । मुसीकोट नगरपालिका ४ को ठाराढुङ्गामा मङ्गलबार बेलुका रुकुम–पूर्वको प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो ।
प्रहरीको गोली लागेर मुसीकोट नगरपालिका ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन् । कम्मरमुनि गोली लागेका उनको जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते पुनसँगै त्यही वडाका ३५ वर्षीया लक्ष्मी पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीय जयप्रकाश पुन भने भागेका छन् ।
कन्ट्रोल डेलिभरीको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै हातपातको प्रयास गरेकोले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताउनुभयो ।
यसअघि रुकुम पूर्वमा अफिमसहित पक्राउ गरेकाहरुको बयानको आधारमा कारोबारी पछ्याउँदै रुकुम पूर्वको प्रहरी टोली रुकुम पश्चिमसम्म आएको डीएसपी केसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा आएको प्रहरी टोलीले लागुऔषध कारोबारीको पिछा गरेर पक्राउ गरेको हो ।
रुकुम पश्चिम प्रहरीले लागुऔषधको ओसारपसार र कारोबारीविरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । त्यस क्रममा जिल्लाका विभिन्न स्थानबाट १८ किलो अफिमसहित १५ जनालाई पक्राउ गरिए डीएसपी केसीले बताउनुभयो ।
उहाँका अनुसार विभिन्न स्थानको झण्डै ३० विघा जमिनमा लगाइएको अफिम पनि नष्ट गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।