कोरोना महामारीकैबीच इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटक भित्रिए

 भदौ १०, २०७७ बुधबार ९:१९:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् ।

इजिप्टले गएकाे जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुन्द्री तटहरु खुला गरेको थियो । तीन महिनाको लकडाउन खुलेपछि एक महिनामा एक लाख बढी पर्यटक आउनु सकारात्मक संकेत रहेको इजिप्ट सरकारले जनाएको छ ।

स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकता हेरेर सन्तुलन कायम गर्दै अघि बढेको इजिप्टका पर्यटन मन्त्री खालेद अल अननीले बताउनुभएको छ । इजिप्टमा झण्डै एक लाख कोरोना सङक्रमित रहेका छन् । त्यहाँ सङक्रमणकै कारण पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

इजिप्टको राजस्वको मुख्य स्रोत पर्यटन र विदेशी मुद्रा हो । त्यहाँ सन् २०१९ मा पर्यटन क्षेत्रबाट मात्रै झण्डै १३ अर्ब अमेरिकी डलर भित्रिएको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया