खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – न्युजिल्याण्डको एक अदालतले क्राइस्टचर्चको दुई वटा मस्जिदमा आक्रमण गर्ने अभियुक्त ब्रेन्टन ट्यारेन्टलाई विना ‘परोल’ मृत्यु नहुञ्जेलसम्म जेल जीवन (कारावास) को सजाय सुनाएको छ ।
न्युजिल्याण्डको इतिहासमै पहिलो पटक दोषीलाई यस्तो सजाय दिइएको हो ।
विना 'परोल' सजायको अर्थ– दोषी ठहर भएका व्यक्तिले सजायको केही अवधि बिताएपछि बाहिर निस्किन पाउने अवसर गुमाउनु हो ।
याे पनि पढ्नुहाेस्
क्राइस्टचर्च आक्रमण : ट्यारन्ट ‘सकेसम्म धेरैको ज्यान लिन चाहन्थे’ |
२९ वर्षीय अस्ट्रेलियाली नागरिक ब्रेन्टन ट्यारेन्टले ५१ व्यक्तिको हत्या, अन्य ४० को हत्याको प्रयास र आतङ्कवादको एक आरोप स्वीकार गरेका थिए ।
सजाय सुनाउँदै न्यायाधीशले भनेका छन्, ‘ब्रेन्टनले जो गरे त्यो अमानवीय र निर्दयले भरिपूर्ण थियो ।’
गएको वर्षको मार्च महिनमा ब्रेन्टनले क्राइस्टचर्च सहरको दुई वटा मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए र त्यो आक्रमण फेसबुक लाइभमार्फत प्रसारण गरिएको थियो ।
क्राइस्टचर्चका न्यायाधीश क्यामरुन मेन्डरले बिहीबार भने, ‘ब्रेन्टनको अपराध यदि धृणित छ कि उनलाई आजीवन कारावासको सजाय पनि कम हुन्छ ।’
न्यायाधीश मेन्डरले सजाय सुनाउँदै गर्दा कडा शब्दको प्रयोग गरेका थिए । उनले यस किसिमको सजाय ‘निकै घृणित हत्यारा’ को लागि दिइने बताए ।
न्युजिल्याण्डको कानुनमा मृत्युदण्डको सजायको प्रावधान छैन, यस्तोमा ब्रेन्टनले पाएको सजाय त्यहाँको सबैभन्दा ‘कठोर सजाय’ हो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले ट्यारेन्टलाई सुनाइएको सजायको बारेमा थाहा पाएपछि उसलाई आफ्नो कुरा भन्नको लागि कुनै मञ्च नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।