अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसकाे कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गरेको छ ।
ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको हो र उनी दुई सय अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन् ।
कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानिसहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको हो ।
फोर्ब्सका अनुसार अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो ।
दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । फोब्र्सका अनुसार बुधबार गेट्सको सम्पत्ति एक सय १६ दशमलव ०२ बिलियन डलर छ ।
यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर भएको छ ।
त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्ट महिनाको सुरुमा नै सय अर्ब डलरको सूचीमा सामेल भएका थिए । बुधबार उनको सम्पत्तिमा आठ दशमलव पाँच अर्ब डलरले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।