भक्तपुरमा ट्याङ्करले भ्यानलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, तीन घाइते

 भदौ ११, २०७७ बिहीबार १९:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्याङ्करले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा भक्तपुरमा आज एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्याङ्करले भक्तपुरतर्फ आउँदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदह गाउँपालिका ८ घरभइ हाल काठमाण्डौ जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भीर घाइते भएका छन् । 

मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन् । घाइतेहरुको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र सहचालक राजवंशीको अवस्था गम्भीर रहेको डीएसपी जोशीले जानकारी दिनुभयो ।

दुर्घटनापछि फरार ट्यांकर चालकको भने खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया