अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतमा शुक्रबार कोरोना भाइरसका ७७ हजार दुई सय ६६ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
भारतमा दिनप्रतिदिन सङ्क्रमण बढ्दो छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३० लाख ३९ हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । तर वर्ल्डाेमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ ।
यस्तै भारतमा शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ६१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा धेरै निकाे भएर घर फर्किएकाेमा अझै सात लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
राेयटर्स टेलीका अनुसार भारतमा गएकाे ७ अगस्टदेखि हरदिन विश्वमै सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाे छ । अमेरिका र ब्राजिलपछि भारत काेराेना भाइरसबाट प्रभावित देशकाे तेस्राे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।