खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - जर्मनीको राजधानी बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौँ मानिसहरुले प्रदर्शन गरेका छन् ।
सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा बर्लिनको ब्रेडनवर्ग गेटमा हजारौँ मानिसको भिड देखिएको बीबीसीले जनाएको छ । प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दूरीको नियमसमेत पालना गरेका थिएनन् ।
प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए । जर्मनी पनि कोरोनाबाट अत्यन्तै प्रभावित देश हो ।
जर्मनमा अप्रिल महिनाबाट सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको थियो । तर पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि कडा नियम लागू भएको हो ।
जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवानाको घोषणा गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।