भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको हाे - ट्वीटर

 भदौ १८, २०७७ बिहीबार ८:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । ट्वीटरले एकाउन्ट ह्याक भएकोबारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको खबरमा उल्लेख छ ।

यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया