रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरु

 भदौ १९, २०७७ शुक्रबार ८:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रातो मच्छिन्द्रनाथको जात्राका सबै विधि अहिले रथ भएकै ठाउँमा साङ्केतिक रुपमा हुँदैछ । त्यसका लागि क्षमापूजा सुरु भएको छ । 

ज्योतिष कृतिमदन जोशीले पूजालगायत अन्य सबै विधिको तयारी भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित रातो मच्छिन्द्रनाथको रथयात्रा साङ्केतिक रूपमा पूरा गर्ने सहमतिअनुसार तयारी भएको हो । 

हिजो गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको थियो । सहमति अनुसार क्षमापूजा गरी आंशिक रुपमा रथ तानेर जात्राको विधि सकाइने छ  ।

जात्राअन्तर्गत भोलि साङ्केतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर आउँदो २२ गते बुङ्मतीमा पुर्याउने सहमति भएको ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले जानकारी दिनुभयो । 

हिजो रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा  झडप भएपछि अहिले रिङरोडभित्र ललितपुरमा कर्फ्यु छ । ललितपुरको पाटन क्षेत्र दिनभर अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु भरे राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । घिमिरेको अल्का अस्पताल पाटनमा उपचार भइरहेको छ । यस्तै, बिहान ४ बजेदेखि कर्फ्यु लागेपछि ललितपुर सुनसान छ । बिहानैदेखि ललितपुर प्रवेशमा कडाइ गरिएको छ । चोकचोकमा प्रहरी खटिएका छन् । अत्यावश्यक काममा हिँड्नेलाई पासका आधारमा मात्रै प्रवेश दिइएको छ । जिल्ला प्रशासन कार्यालयले विना पास हिँड्डुल नगर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया