१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजीनामा दिने बताउनुभएको छ । शुक्रबारकाे मन्त्रिपरिषद् बैठकमा उहाँले बेलुकासम्म राजीनामा दिने बताउनुभएको हो ।
मन्त्री खतिवडाको कार्यकाल भाेलि शनिबार सकिँदैछ । शुक्रबारकाे मन्त्रिपरिषद् बैठक खतिवडाको अन्तिम बैठक पनि हो । गएको फागुन २० गते नै दुई वर्षे कार्यकाल सकिए पनि उहाँ फेरि ६ महिनाका लागि अर्थ मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सङ्घीय संसद्को सदस्य नभए पनि ६ महिना मन्त्री रहन सक्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले थप ६ महिना कार्यकाल सम्हाल्नुभएको हो ।
तर बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि खतिवडाले राजीनामा दिने तयारी गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।