चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
यो योजना बिहीबार (भदौ १८) देखि लागू भएको छ । पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बुवाको नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्ने एनसेलले जनाएको छ ।
सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।
विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधैं सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।
पहिलो सिम सञ्चालन गरेपछि सञ्चालन गरेको पहिलो दिनको मध्यरात सम्ममा एकसय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन एकसय एमबी डाटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मुख्य ब्यालेन्सबाट गरिएको हरेक एकसय रुपैयाँ बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको तीन सय एमबी (एक सय एमबी अल नेटवर्क र दुई सय एमबी फोरजी डाटा) बोनस डाटा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।
विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्नेछन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।
विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान गर्दै आएको छ । यो योजना सञ्चालन भएको दिन देखि ९० दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।