भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डौ – रातो मत्स्येन्द्रनाथको रथ आइतबार दिउँसो तानिएको छ । रथ रहेको स्थान ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म तानिएको हो ।
परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।
महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताउनुभयो । रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्याइ केही बेर तानेर टुङ्ग्याउने योजनाअनुसार आइतबार तानिएको महर्जनले बताउनुभयो ।
उहाँले भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमती लगिने कार्यक्रम तय भइसकेको बताउनुभयो । त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उहाँले बताउनुभयो ।
यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन । रथ तान्ने कार्यक्रमका लागि चार सय ३४ जना सहभागी भएका थिए । जसमध्ये एक सय ६० जना रथ तान्नका लागि, एक सय २४ जना स्वयंसेवक, झण्डै ३० जना बाजागाजा बजाउने, नेपालभाषा मंका खल यल, १९ वटा जातीय समूहका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, उपमयेर, सांसद, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गुठी संस्थानका प्रमुख, जात्रा व्यवस्थापनका संयोजक लगायत थिए ।
प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति विना रथ तान्न थालेपछि विवाद भएको थियो । यस्तै रथ यात्रा गर्न शुक्रबार क्षमा पूजासमेत गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।