‘पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घट्यो’- डब्ल्यूडब्ल्यूएफ

 भदौ २५, २०७७ बिहीबार ११:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घटेको एक अध्ययनले देखाएको छ । 

वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले गएको ५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घटेको देखाएको हो । 

संरक्षणसम्बन्धी वैज्ञानिकले सन् १९७० यता विश्वभर यस्ता जीवको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको बताएका छन् । वैज्ञानिकले यो कमीलाई विध्वंसकारी भनेर व्याख्या गरेका बीबीसीले जनाएको छ ।

प्रतिवेदनले चाहिनेभन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनको सङ्ख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताएका छन् । 

यस्तै, प्रतिवेदनले प्रकृतिमाथि मानिसले गरेको यस्तो विनाश यसअघि कहिल्यै नदेखिएको पनि उल्लेख गरेको छ ।


 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया