भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
भक्तपुर – मध्यपुर थिमि नगरपालिकाले आफ्नो मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबाेट परिचालन गर्ने भएको छ ।
नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबट परिचालन गर्ने भएको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पीसीआर परीक्षणलाई तीव्र बनाउनुका साथै क्वरेण्टीनदेखि आइसोलेशन तथा भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखेको जनाएकाे छ । अस्पतालमा रोबाेटको परीक्षण सम्पन्न गरेको जानकारी दिदैँ उहाँले असोजको पहिलो हप्तादेखि नै नर्सिङ रोबाेट सञ्चालनमा ल्याइने र बिरामीलाई औषधि तथा खानेकुरा रोबाेटबाट दिने गरी तयारी गरिएको बताउनुभयो ।
नेपालका युवाहरुले निर्माण गरेको तीन वटा रोबोटका लागि नगरपालिकाले झण्डै १५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । नगरपालिकाले आफ्नै ल्याबमा चैतदेखि अहिलेसम्म नौ हजार जनाको पीसीआर परीक्षण गरेको छ ।
यही भदौ १ गतेदेखि २४ गतेसम्ममा दुई हजार एक सय १२ जनाको पीसीआर परीक्षण गरेको मेयर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र अहिलेसम्म तीन सय २७ जनालाई सङ्क्रमण भएको छ । सङ्क्रमण देखिएकामध्ये ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेशनमा र एक सय ७१ जना होम आइसोलेशसनमा रहेका छन् ।
नगरपालिकाले सङ्क्रमणकाे भयावह अवस्था आउन नदिन कन्ट्याक ट्रेसिङलाई व्यापक बनाएको उहाँले बताउनुभयाे । 'सङ्क्रमितको सहज व्यवस्थापन गरेका छौँ, जनप्रतिनिधिसहितको टोली सङ्क्रमित परिवारका घरघरमा पुगेर बाहिर बसेर उनीहरुको समस्या बुझ्ने, समस्या भए समाधान गर्ने, मनोपरामर्श दिएर हौसला प्रदान गरेका छाैँ', श्रेष्ठले भन्नुभयाे ।
नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेशन र आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै एक शय्याको डायलाइसिस मेसिन तयारी अवस्थामा राखिइएको छ । नगरपालिकाले अस्पताल नजिकैको एक गेस्ट हाउसमा बनाएको क्वरेण्टीनमा चैतयता एक सयभन्दा बढी शङ्कास्पदलाई राखिसकेको छ ।
नगरपालिकाले अहिलेसम्म सरकारसँग पीसीआर परीक्षणको किट नलिइ आफैले खरिद एवं व्यवस्थापन गर्दै आएको छ । भर्खरै मात्र पाँच लाख बराबरको पाँच हजार थान पीसीआर किट किनेर परीक्षणलाई अझ तीव्रता दिएको नगरपालिकाले जनाएकाे छ ।
नगरभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षणलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले बुधबार मात्रै मध्यपुरथिमि प्रहरी वृत्तका एक सय ३० प्रहरीको निःशुल्क पीसीआर परीक्षण गरेको छ ।
बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको ५० शय्या क्षमताको भवनलाई आइसोलेशन बनाउने निर्णय भएको मेयर श्रेष्ठले बताउनुभयाे । 'त्यहाँ मध्यपुरका बासिन्दालाई प्राथमिकता दिएर सङ्क्रमित राख्ने भएका छौँ, यसको खर्च नगरपालिका आफैँले व्यहोर्ने छ', उहाँले भन्नुभयाे ।
नगरपालिकाले आफ्नै ल्याबमा स्वाब सङ्कलन थालेपछि आपत्कालीन अवस्थामा १२ घण्टा र अरुको २४ घण्टाभित्र पीसीआर रिपोर्ट आउने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।