एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याइने

१५ दिनभित्र मस्याैदा तयार पार्न प्रधानमन्त्रीकाे निर्देशन

 भदौ २५, २०७७ बिहीबार १६:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याउने भएको छ । एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी पीडितलाई क्षतिपूर्ति भराउने कानुन बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणमा परेका १२ जनासँगको छलफलमा प्रधानमन्त्री ओलीले मानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताउनुभएको हो ।

यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्री ओलीले कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सरोकार निकायलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

यस्तै एसिड पीडितको सबै उपचार, शिक्षा र जीविकोपार्जनको जिम्मेवारी सरकारले लिने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया