प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडील...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणमा रिया चक्रवर्तीमाथि मूलधारका मिडियाकाे उपस्थिति (कभरेज) लाई लिएर एम्नेस्टी इण्डियाले कडा आपत्ति जनाएकाे छ ।
मानव अधिकारकाे क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टीका कार्यकारी निर्देशक अविनाक कुमारले एक विज्ञप्ति निकाल्दै भनेका छन्, 'न्यायकाे लागि निष्पक्ष ट्रायल सबैभन्दा जरुरी छ । अभियुक्तकाे याे अधिकार खाेस्नु भनेकाे एक पीडितमाथि गरिएकाे अन्याय जस्तै हाे ।'
जसरी केही व्यक्ति, विशेषगरी रिया चक्रवर्ती र उनका परिवारका सदस्यलाई मिडिया च्यानलले अपमान गर्नु सरासर गलत हाे ।
'मिडिया एजेन्सीले निश्चित रुपमा न्याय तन्त्रलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्छ तर त्याे एक निष्पक्ष र प्रभावी कानुन प्रक्रियाकाे विकल्प बन्न सक्दैन', एम्नेस्टीकाे विज्ञप्तिमा भनिएकाे छ ।
निष्पक्ष परीक्षण भारतीय संविधानअनुसार प्रत्येक नागरिककाे अधिकार भएकाे एम्नेस्टीले बताएकाे छ ।
एम्नेस्टीका कार्यकारी निर्देशक कुमार भन्छन्, 'रिया चक्रवर्तीलाई लिएर कैयाैँ महिला विरोधी टिप्पणी गरिएकाे छ, मिडियामा लेख लेखिएकाे छ, अफवाह फैलाइएकाे छ । याे विषयकाे कभरेजले ठूलाे सङ्ख्यामा दर्शकलाई आकर्षित गरेकाे छ, जसकाे परिणामस्वरूप रियाविरुद्ध अनलाइन हिंसा भइरहेकाे छ । यसले एक पीडितलाई न्यायबाट टाढा पुर्याउँछ र अभियुक्तलाई निष्पक्ष ट्रायलबाट । याे कसैकाे लागि पनि उचित हैन ।'
सुशान्त सिंह राजपूतकाे निधनसँग जाेडिएकाे लागुऔषध लेनदेनकाे विषयमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक थुनुवा कक्षमा पठाइएकाे छ । रियालाई एनसीबीले गएकाे ८ सेप्टेम्बरमा पक्राउ गरेकाे थियाे ।
रियाका भाइ शौविक चक्रवर्ती और सुशान्त के पूर्व म्यानेजर स्यामुएल मिरान्डालाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेकाे छ ।
सुशान्तकाे निधनकाे विषयमा सीबीआईले जाँच गरिरहेकाे छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनकाे विषयमा पक्राउ गरेकाे हाे ।
याे घटनामा कालाे धनलाई वैध बनाएकाे विषयमा प्रवर्तन निर्देशनालयले जाँच गरिरहेकाे छ । सुशान्त प्रकरणकाे जाँच तीन वटा एजेन्सीले गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।