अक्सफोर्ड विश्वविद्यालयले कोरोना विरुद्धकाे खाेपकाे फेरि परीक्षण सुरु गर्ने

 भदौ २८, २०७७ आइतबार ६:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अक्सफोर्ड विश्वविद्यालयले बनाएको  कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ। 

बेलायतमा भइरहेको तेस्रो चरणको विस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका केही व्यक्तिमा रियाक्सन  देखिएपछि केही दिनअगाडि खोप परीक्षण रोकिएको थियो । 

विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर खोप बनाएका हो । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा  रियाक्सन देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको बीबीसीको खबरमा उल्लेख छ । 

बेलायतका स्वास्थ्य सचिव मैट हैनकाँकले रोकिएको खोप फेरि परीक्षण हुन लागेकोमा स्वागत गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ । 

एस्ट्राजेनेका-अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले बनाएको  कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ। 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया