च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।
आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर मन्त्रिपरिषद्को बैठक साेमबार (भोलि) मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो ।
यद्यपि प्रधानमन्त्री ओलीले चाहेमा सरकारले कुलमानलाई फेरि पनि प्राधिकरणको नेतृत्व दिन सक्छ तर ओलीले घिसिङलाई नियुक्त गर्न नचाहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ । ‘नेकपाका अध्यक्ष प्रचण्ड कुलमानलाई नै लैजानुपर्छ भन्नेमा हुनुहुन्छ तर प्रधानमन्त्री ओलीले त्यसमा रुचि देखाउनुभएको पाइएन’, ऊर्जा मन्त्रालय स्रोतले उज्यालोलाई भन्यो ।
ऊर्जामन्त्री वर्षमान पुन आफै कुलमानलाई दोहोर्याउने मनस्थितिमा नभए पनि प्रचण्डको दबाबका कारण मन्त्री पुन घिसिङको नाम प्रस्ताव गर्न राजी हुनुभएको छ । तर प्रधानमन्त्रीले नै इच्छा नदेखाएपछि घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन ।
दैनिक १८ घण्टाकाे लोडशेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्याउन माग गरेका छन् ।
२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajesh
Sept. 14, 2020, 2:17 a.m.कुलमानलाई नै ल्याउनुपर्छ , देश विकाशका लागि सही मान्छे हुनु आवश्यक छ /
Keshab sijali magar
Sept. 13, 2020, 5:07 p.m.देस को अवस्थालाई मध्यनजर गर्ने हो भने फेरि जिम्वेवारी कुलमान लाई नै दिनु पर्छ
Milan Rai
Sept. 13, 2020, 3:38 p.m.#we_need_always_Mr_Kulman_Ghishing
Damodar Gautam
Sept. 13, 2020, 2:51 p.m.यति त गर्नै पर्यो नि है प्रधानमन्त्री ज्यु त्यत्रो विद्युतबाट आउने पैसा कुलमानले एक थोपा पनि दियनन भन्ने पिर होला अब आफ्नै मान्छे राख्नुस ओलिजी हजुर रजाँई चल्ने छ कुलमानले गर्दा हजुरका प्रीय व्यापारी चौपट भैसके बेलै मा बुद्दी पुर्याइहाल्नुस है
Jiban gurung
Sept. 13, 2020, 2:09 p.m.We need right place right person, Mr. Kulman is the best person for this place.
bibek
Sept. 13, 2020, 4:32 p.m.तर सबैभन्दा माथि गलत मान्छे पुगेपछि तलको शृंखला आफै बिग्रन्छ /
Bobby
Sept. 13, 2020, 2:54 p.m.म केपी ओलिको समर्थक हु तर एदी कुल मान लाई फेरी एक पटक नदोहराएर अरु कसैलाई उक्त ठाउमा ल्याएर आए माहा कसम केपी को बिरोधी म जतिको अरु कोही हुन सक्दैन ।