प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडील...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – जापानको अहिलेको सरकारका मुख्य सचिव याेशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
याेशिहिदेले साेमबार निकै सहज रुपमा आन्तरिक मतमा जित हासिल गर्नुभएकाे थियाे । याेशिहिदेलाई ५३४ मतमा ३७७ प्राप्त भएकाे थियाे । यसरी उहाँले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्व रक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेश मन्त्री फुमियाे किशिदाविरुद्ध जित हासिल गर्नुभएकाे हाे ।
प्रधानमन्त्री शिन्जो आबेले गएकाे महिना स्वास्थ्य कारण राजीनामा घोषणा गर्नुभएको थियो । आबेले राजीनामा दिएपछि धेरैले सुगा नै जापानको आउँदाे प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए ।
याेशिहिदे सुगा आबेको नजिकको सहयोगी मानिनुहुन्छ । त्यसैले उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
KAMAL MAN SING BUDHATHOKI
Sept. 14, 2020, 2:13 p.m.अब भनेपछि नेपाल देखि जापानसम्म एन आर एन ए अध्यक्षको चुरीफुरी हुने भो /