नारायणगढ–मुग्लिन सडकमा पहिरो, दुई वटा डोजरले पहिराे पन्छ्याइँदै

 भदौ २९, २०७७ सोमबार १६:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक खण्डको चोरखोला नजिकै पहिरो गएको छ । पहिरो गएकाले अहिले यो सडक खण्डमा गाडीको आवत जावत ठप्प छ । 

चितवनको इच्छाकामना गाउँपालिका ६ मा पर्ने चोरखोला नजिक दिउँसो साढै ३ बजेको समयमा पहिरो गएको मुग्लिन प्रहरीले जनाएको छ । 

अहिले दुई वटा डोजरले पहिरो हटाउन थालेको प्रहरीले जनाएको छ । पहिरो ठूलो गएकाले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया