प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडील...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको जर्मनीकाे राजधानी बर्लिनमा रहेकाे अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार नाभाल्नी शय्याबाट उठेर केही समय हिँड्नुभएकाे छ ।
अस्पतालले नाभाल्नीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन निकालेकाे विज्ञप्तिमा भनिएको छ, 'बिरामी (नाभाल्नी) लाई मेकानिकल भेन्टिलेसनबाट छुट्टाइएको छ । उहाँ अहिले हात गोडा चलाउने अभ्यास गर्न थाल्नुभएको छ । साथै सोमबार अस्पतालको शय्याबाट उठेर छोटो समय हिँडडुल गर्नुभएको छ ।'
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिने नाभाल्नी चियामा रसायन मिसाएर दिएपछि बेहोस हुनुभएको उहाँका प्रवक्ता तथा पारिवारिक स्रोतले दाबी गर्दै आएको छ । नाभाल्नीलाई उपचारका लागि गएकाे अगस्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व (नाेभिचाेक नर्भ एजेन्ट) मिसाएर दिइएको जनाएका छन् ।
एलेक्सी नाभाल्नीले गएको वर्षको जुलाईमा पनि आफूलाई कसैले विष दिएको हुन सक्ने बताउनुभएको थियो । उहाँलाई प्रहरी हिरासतमा राखिएको थियो र एक रहस्यमय एलर्जीको प्रतिक्रिया भएको बताइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।