'चीनले लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थाल्यो'

 भदौ ३०, २०७७ मंगलबार १३:३५:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले आफूसँगकाे सीमा क्षेत्र लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतले दाबी गरेको छ । 

लद्दाखमा भइरहेको तनाव कम गर्ने विषयमा भारत र चीनका परराष्ट्रमन्त्रीबीच रुसमा वार्ता भइरहेका बेला चीनले लद्दाखसम्म अप्टिकल फाइबर बिछ्याउने कामलाई तीव्रता दिएको बेलायती पत्रिका टेलिग्राफलाई उदृत गर्दै भारतीय अधिकारीहरुले बताएका छन् ।

लद्दाखको सीमा क्षेत्रमा खटिएका सैनिकसँग भरपर्दो सम्पर्कको लागि चीनले अप्टिकल फाइबर बिछ्याउन थालेको बीबीसीले जनाएको छ । लद्दाखको मुख्य क्षेत्रभन्दा ७० किलोमिटरभित्रको उपत्यकामा भारतका र चीनका हजारौँ सैनिक ट्याङ्क र लडाकु जहाजसहित गस्तीमा छन् । 

त्यहाँ भरपर्दो सञ्चार सेवा नहुँदा समस्या भइरहेको खबरमा उल्लेख छ । पछिल्लो समय भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव भइरहेको छ । गएको जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएपछि तनाव बढ्दै गएको हो । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया