१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउने निर्णय गरेको हो । तर गाडी चलाउँदा सरकारले तोेकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
लामो दुरीका सार्वजनिक गाडी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । यसो गर्दा सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाउने उहाँले बताउनुभयो ।
यसैबीच सरकारले बढी जमघट हुने सार्वजनिक स्थल, धार्मिक स्थल, मनाेरञ्जन स्थल र खेलकुद मैदान तत्काल नखुल्ने जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।