भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – एक हप्ता लाग्ने ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम भइरहेको छ ।
सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमती लगिएपछि रथ भत्काउने काम सुरु भएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो । विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमति लगेपछि जावलाखेलमा रथ भत्काउने चलन थियो । तर यसपाली कोरोना सङ्क्रमणकाे जोखिमकका कारण रथजात्रा छोट्टयाएसँगै पुल्चोकमा रथ भत्काउने काम भएको हो ।
रथ निमार्णको लागि तिथीको आधार लिएर बनाउनुपर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताउनुभयो । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ । रथ पूरै भत्काउन अझै एक हप्ता लाग्ने पनि बाराहीले जानकारी दिनुभयो ।
यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ । त्यस्तै चार वटा ठूला पाङग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ । त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केही गुठी संस्थानले राख्छ भने केही रथको काठ निकाल्न खट्नेहरुका लागि ज्याला बापत दिइन्छ ।
यंवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्टयाउने कामको आधा आधा जिम्मेवारी लिएका हुन्छन् । मीननाथको रथ भत्काउने काम पाटनको तंगलमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।