भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डौ – एसियन पेन्ट्सले नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९/०२० का विजेताहरुकाे घोषणा गरेको छ ।
प्रतियोगितामा नेपालका आर्किटेक्चरल कलेजहरुमा अध्ययन गरेका २०७२ का ब्याचका सहभागी ३६ जना विद्यार्थीमध्ये पाँच जना उत्कृष्ट घोषणा भएका हुन् । उनीहरुलाई ललितपुर महानगरपालिकाको नगर कार्यालय भवन ब्लक बी डिजाइन गर्न भनिएको थियो ।
विजेताको घोषणा एसियन पेन्ट्स र ललितपुर महानगरपालिकाका प्रतिनिधि तथा विद्यार्थी र प्राध्यापकको उपस्थितिमा जुम एपमार्फत् भएको हो ।
प्रतियोगिताको विजेता आईओई पूर्वाञ्चल क्याम्पसका शुभम् कार्कीले पुरस्कार स्वरुप एसियन पेन्ट्सकाे तर्फबाट ७० हजार र महानगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ पाउनु हुनेछ । यसैगरी द्वितीय हुने आईओई थापाथली क्याम्पसकी सुनिता गुरुङ्गले एसियन पेन्ट्सकाे तर्फबाट ४० हजार र महानगरपालिकाको तर्फबाट २० हजार रुपैयाँ पाउनु हुनेछ ।
यस्तै तृतीय पुरस्कार पाउने आईओई थापाथली क्याम्पसकी प्रवासा बज्राचार्यले एसिनयन पेन्ट्सको तर्फबाट ३० हजार र महानगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ पाउनु हुनेछ ।
सान्त्वना पुरस्कारका दुई जना विजेताहरु आईओई थापाथली क्याम्पसका दिप्गेस्ट कटुवाल र आईओई पुल्चोक क्याम्पसका विवेक हिमालयले एसियन पेन्ट्स र महानगरपालिकाको तर्फबाट १०\१० हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसैबीच अरु १० जना सहभागी विद्यार्थीहरुलाई पनि महानगरपालिकाले पाँच\पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।