काठमाण्डौ उपत्यकामा पसल र व्यापार खुला, गाडीमा जोरबिजोर प्रणाली कायमै

 असोज १, २०७७ बिहीबार ६:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज असोज १ गतेदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको छ । काठमाण्डौ उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।

तर सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै राखिएको छ । यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा पनि रोक कायमै गरिएको छ । यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुनेबाहेक अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि लामो दूरीका यातायात, होटेल–रेस्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया