अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – बेलायतमा डेढ घण्टाभित्रै कोरोना भाइरसकाे सङ्क्रमण भएकाे/नभएको परीक्षण गर्न सकिने प्रविधि प्रयोगमा आएको छ ।
सङ्कलन गरिएको स्वाब विशेष प्रयोगशालामा नलगी सानो यन्त्रबाट परीक्षण गर्न सकिने प्रविधिको प्रयोग सुरु भएको र उत्साहजनक नतिजा देखिएको वैज्ञानिकहरूले बताएका बीबीसीले जनाएको छ ।
बेलायतको इम्पेरियल कलेजले गरेको अध्ययनमा डेढ घण्टामै नतिजा दिने ल्याब अन अ चिपले अहिले प्रचलनमा भएको प्रयोगशाला परीक्षणको जस्तै परिणाम दिएको खबरमा उल्लेख छ । त्याे उपकरण अहिले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले सञ्चालन गरेका आठ वटा अस्पतालमा प्रयोग भइरहेको छ ।
डीएनए नज कम्पनीले बनाएको यो उपकरण घाँटी वा नाकबाट नमुना सङ्कलन गर्न सक्ने जो सुकैले पनि प्रयोग गर्न सक्ने खबरमा उल्लेख छ ।
अहिले प्रयोगमा रहेका प्रयोगशालामा जस्तो एकै पटक धेरै नमुना परीक्षण नभइ एक पटकमा एक जनाको मात्रै परीक्षण हुने भएकोले समूहमा गरिने परीक्षणभन्दा तत्काल अरु उपचार चाहिएका बिरामीका लागि यो उपकरण प्रभावकारी हुने विज्ञहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।