ठेकेदारले बदमासी गर्दा समयमै मल नआएकाे हाे, काेराेनाका कारण हाेइन : कृषिमन्त्री भुसाल

 असोज २, २०७७ शुक्रबार १८:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको बताउनुभएको छ ।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उहाँले बताउनुभयो । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताउनुभयो ।

विगतमा ढिला टेण्डर आह्वान हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टेण्डर गरेर दुई/तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍याे । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल ल्याएर वितरण गर्नुपर्ने थियो । साल्ट ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’

मन्त्री भुसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताउनुभयो । कोरोनाले गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उहाँले बताउनुभयो । विगतमा किसानहरुले मल अभाव हुँदा सीमा क्षेत्रबाट आफै ल्याउने गरे पनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उहाँको भनाइ छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई वटा सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

यी दुई सप्लायर्सले गएकाे आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sushil

    Nov. 11, 2020, 3:12 p.m.

    धिक्कार छ सरकार , यस्तो मन्त्री राख्नु भयो / हामीलाई कामगर्ने कृषीमन्त्री चाहियो चाहे त्यो नेकपाको होस् , चाहे कांग्रेसको या फोरम कै किन नहोस/ नीति नियम राम्रोसंग चलाउनसक्ने चाहियो , हामीले भाषण धेरै सुन्यौं , अब काम गरेको हेर्न पाइयोस /

  •  0 Reply

तपाईको प्रतिक्रिया