राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान : २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा

 असोज ३, २०७७ शनिबार ६:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम १, प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् । 

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

२ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो । 

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया