आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - यसपालिको मनसुनमा वार्षिक औसतभन्दा २ सय ४० प्रतिशत बढी पानी परेको छ । कुनै एउटा क्षेत्र विशेषमा दुई सय मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ ।
बाढी/पहिरोबाट ४९ जिल्ला बढी प्रभावित भएका छन् । वैशाखयता विपद्जन्य घटनाबाट ३ सय ७४ जनाको ज्यान गएको छ । अझै सय जनाभन्दा धेरै बेपत्ता रहेका छन् । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । पहिरोमा परेर अहिलेसम्म २ सय ७१ जनाको ज्यान गएको छ । बाढीबाट ३९ जनाको ज्यान गएको छ भने चट्याङबाट ६४ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।
यसपालि विपद्जन्य घटनाबाट सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । मानवीय क्षति पनि सिन्धुपाल्चोकमा नै धेरै छ । सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, बझाङ, बाजुरा, कालीकोटलगायत जिल्लामा सम्भावना नै नदेखिएको ठाउँमा पहिरो खसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले यो पटकको मनसुनजन्य विपद्को ९९ औँ दिनमा विगतका तुलनामा धेरै पानी परेकाले विपद्जन्य घटना बढेको र विभिन्न क्षेत्रमा हाँडीबाट घोप्टिएको जसरी एकैठाउँमा ठूलो पानी पर्दा क्षति बढी भएको बताउनुभयो ।
उहाँले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्ने र पूर्व तयारीका कार्यक्रमलाई प्रभावकारी बनाउन प्राधिकरण गम्भीर रहेको र आउँदाे दिनमा अझै प्रभावकारी बाउँदै लैजाने समेत बताउनुभएको छ । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपालि १०/१५ दिन ढिला गरी बाहिरिने सङ्केत देखिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यसपालि गएको जेठ ३० गते मनसुन भित्रिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।