नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ८५ हजार ६ सय ५० जनाको ज्यान गएको हाे । भारतमा कुल सङ्क्रमितको संख्या ५३ लाख १२ हजार पाँच सय नाघेको वल्डाेमिटरले जनाएको छ ।
चीनले लगभग नियन्त्रणमा लिइसकेको भए पनि अहिले काेराेना विश्वका अरु देशमा तीब्र गतिमा फैलिइरहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ । अमेरिकामा ६९ लाख २८ हजार चार सय भन्दा धेरैमा सङ्क्रमण हुँदा दुई लाख तीन हजार एक सय भन्दा धेरेको ज्यान गएको छ ।
दोस्राे प्रभावितमा भारत छ भने तेस्राेमा रहेको ब्राजिलमा ४४ लाख ९७ हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ३५ हजार आठ सय भन्दा धेरेको ज्यान गएको छ । अहिलेसम्म विश्वका ४० वटा देशमा चीनको भन्दा धेरै सङ्क्रमित भएका छन् । २९ वटा देशमा चीनको भन्दा धेरैको ज्यान गएको छ ।
विश्वका ५६ वटा देशमा ५० हजार भन्दा धेरै सङ्क्रमित पुगेका छन् । विश्वका १० वटा देशले कोरोनाको सक्रिय सङ्क्रमित संख्या शून्यमा झारेर कोरोना मुक्त भैसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।