भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डौ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल साइट निर्माणको काम दशैँ अगाडि नै सम्पन्न हुने बताउनुभएको छ ।
काठमाण्डौ र ललितपुरको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवाको सिसडोल ल्याण्डफिल साइट निर्माणको काम दशैँ अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताउनुभयो । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले झण्डै ९० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । कोरोनाका कारण समस्या देखिए पनि दशैँ अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उहाँले बताउनुभयो ।
सिसडोल ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताउनुभयो । बर्खाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । ल्याण्डफिलसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताउनुभयो । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
बन्चरे डाँडामा काठमाण्डौ उपत्यकाको दुई महानगरपालिका र १६ नगरपालिकाको फोहर व्यवस्थापन हुने छ । बन्चरे डाडाँमा ल्याण्डफिल साइट निर्माणका लागि सङ्घीय सरकारले एक अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा दुई वर्षका लागि अस्थायी रुपमा फोहर व्यवस्थापन गर्ने भनिए पनि वर्षाैँसम्म फोहर व्यवस्थापन गरिँदा ल्याण्डफिल साइट भरिएको छ ।
स्थानीयले त्यही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक–पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।