१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – नेपालको वामलोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको आज छैटाैँ स्मृति दिवस हाे । तत्कालीन समाजलाई ब्यूँझाउन चेतनाको बिगुल फुक्नुभएकी प्रधान नेपाली समाजको कहिल्यै ननिभ्ने आलोकका रुपमा परिचित हुनहुन्छ ।
जीवनका झण्डै सात दशक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गर्नुभएकी प्रधान नेपालको वामप्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन, राष्ट्रियताको आन्दोलन र समाज परिवर्तनको आन्दोलनमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने बहुआयामिक व्यक्तित्व हुन् ।
विक्रम संवत् १९८४ साल असार २७ गते काठमाण्डौको असनमा जन्मिएकी सहाना आमा रम्भादेवी प्रधान र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तान हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठकी जीवनसंगिनी उहाँका छोरी उषा र छोरा उमेश श्रेष्ठ छन् ।
सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले स्वर्गीय प्रधानको सम्झनामा प्रतिष्ठानले आज बेलुकी ४ बजे एक कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयाे ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाको अबको बाटो’ विषयक भर्चुअल कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, सहाना प्रधान प्रतिष्ठानका संरक्षक तथा सहानाका छोरा उमेशलाल श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्री वक्ता रहेको महासचिव कला राईले बताउनुभयाे ।
नेपाली महिला आन्दोलन र राजनीतिमा एक्सन् ओरिएंटेट् आइरन् लेडी मानिने सहानाको २०७१ साल असोज ६ निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।