सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारको निर्णय

 असोज ६, २०७७ मंगलबार १४:१३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने निणय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

मनसुन सुरु भएकाे जेठ ३० गतेदेखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर अहिलेसम्म तीन सय ४० जनाकाे ज्यान गएकाे छ । ९९ जना अझै हराइरहेका छन् । विपदमा दुई सय ९८ जना घाइते भएका छन् । प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चाेक र बाग्लुङ जिल्ला प्रभावित भएका छन् ।

यसैबीच सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय पनि गरेको छ । यही असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय सरकारले गरेको मन्त्री एवं सरकारका प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणको समयमा चुनाव गर्न उपयुक्त नहुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउनुभएको थियो ।   

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया