भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
मङ्गलबार प्रेस काउन्सिलले एकाउन्नौं वार्षिकोत्सवको अवसरमा गरेको कार्यक्रममा उहाँले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।
लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्ने सम्बन्धमा देखिएका चुनौतीका कारण लोकतन्त्रको अभ्यास ठिक तरिकाले भयो भएन समीक्षा आवश्यक भएको उहाँको भनाइ छ । पछिल्लो समय विकास भएका प्रवृत्ति सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कार्यान्वयनमा चुनौती बढेको पनि सभामुख सापकोटाले बताउनुभयो ।
लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरु र नागरिकको समेत भूमिका बढेको उहाँले बताउनुभयो । त्यसका लागि नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पस्ट पार्नुभयो । त्यसका लागि सङ्घीय संसदलाई जीवन्त बनाइराख्न आफूले जोड दिइरहेको उहाँले बताउनुभयो ।
सभामुख सापकोटाले नागरिकसम्म सूचना पुर्याउन प्रेसले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो । आफू शिक्षा र प्रेसप्रति नजिक रहेर काम गर्ने मौका पाएकाले पनि प्रेसको महत्त्व बुझेको बताउँदै लोकतन्त्रका अभ्यासलाई अझ बढी प्रभावकारी बनाउन प्रेसको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएका २७ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ । जसमा प्रेस काउन्सिल ‘युवा पत्रकारिता पुरस्कार २०७७’ लमजुङकी शान्ता कमली, कास्कीकी राधिका कँडेल, दैलेखका शेरबहादुर थापा, दैलेखका दिपेन्द्र वली, उदयपुरका रेणु पराजुली, रोल्पाका देवीकुमारी गुरुङ, धनुषाका राजनकुमार सिंह, काठमाडौंकी कमला श्रेष्ठ, सप्तरीका राजु विश्वकर्मा, मकवानपुरका गिरिजा अधिकारी, कैलालीका गणेश चौधरी, रामेछापका माधवप्रसाद पौडेल, चितवनका सुरेशचन्द्र अधिकारी र इलामका सटेन्द्रकुमार जबेगु सम्मानित हुनुभएको छ ।
यस्तै ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार २०७७’ बाट काठमाण्डौकी नितु पण्डित, कास्कीकी दिपेन्द्र श्रेष्ठ, काठमाण्डौका उमेश श्रेष्ठ र ऋषि धमला, राजन कार्की, धनुषाका धर्मेन्द्रकुमार कर्ण र झापाका गोविन्दचन्द्र क्षेत्री सम्मानित हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।