अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङका कटु आलोचक रहेका रियल स्टेटका प्रभावशाली व्यक्तिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि यो सजाय सुनाइएको हो ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँको एक अदालतले सुनुवाइको क्रममा रियल स्टेटका रेन जिक्याङ्गलाई भ्रष्टार, घुसखोरी र सार्वजनिक कोष दुरुपयोगको मामिलामा दोषी ठहर गरेको हो ।
उनले ४२ लाख युआन जरिबाना पनि तिर्नुपर्ने छ । यो वर्षको मार्चमा रेन राष्ट्रपति सी जिनपिङविरुद्ध आलोचनात्मक लेख लेखेपछि अचानक गायब भएका थिए । यद्यपि उनले सोझो रुपमा सी
जिनपिङको नाम नलिए पनि त्यो लेख उनकै बारेमा भएको बताइएको थियो ।
चीनको अदालतले आफ्नो फैसलामा रेनले १२ दशमलव ५ लाख युआन घुसको रुपमा लिएको र झण्डै पाँच करोड युआन दुरुपयोग गरेको भनेको छ ।
रेनले आफूमाथि लगाइएको सबै आरोप स्वीकार गरेको र त्यसविरुद्ध अपिल नगर्ने पनि बताइएको छ ।
साथै रेन जिक्याङ्गमाथि कम्युनिस्ट पार्टी विरोधी विचार राखेको आरोप पनि लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।