सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – एनसेलले नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नयाँ र विशेष सेवाहरुको साथ ग्राहकलाई जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुरु गरी सुलभ दरमा यी सेवा लिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुरु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिइ आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यतिमात्र नभइ यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डाटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुरु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपेमार्फत आफ"लाई मनपर्ने प्याक सुरु गर्न सक्ने कप्नीले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ ।
नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसीमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु १०० (कर सहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा चार जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डाटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् ।
साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । यी प्याक सुरु गर्ने ग्राहकले हरेक दिन पाँच सय एमबीको दरले सात दिनसम्म मात्र रु २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डाटा लिन सक्छन् । त्याे डाटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
नयाँ थिम ‘प्लस’ अन्तर्गत रहेर एनसेलले वायर फ्री प्लस वाइफाई, फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाई सिम प्लस योजनाहरु ल्याइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khadak Bista
Sept. 23, 2020, 6:46 p.m.Very good