१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – चीनले सीमा क्षेत्रकाे नेपाली भू–भागमा भवन बनाइरहेको भन्ने सन्दर्भमा नेपालले त्यस विषयमा फेरि जाँच गर्न सक्ने बताएको छ ।
नेपाल–चीन सीमा क्षेत्रकाे नेपाली भूभाग लाप्चा बगरमा चीनले भवन बनाएकाे सन्दर्भमा सञ्चारमाध्यममा समाचार प्रेसित भएकाे विषयमा काठमाण्डाैमा रहेकाे चिनियाँ दूतावासले प्रेस नाेट निकालेकाे हाे ।
चीनले नेपालकाे सार्वभौमिकता र भाैगाेलिक अखण्डतालाई सधैँ सम्मान गर्ने दूतावासले निकालेकाे नाेटमा भनिएकाे छ ।
दूतावासका प्रवक्ताले जारी गरेकाे प्रेस नोटमा भनिएको छ, 'चीन र नेपाल मित्र छिमेकी देश हाे, चीनले नेपालको सार्वाभौमिकता र भौगोलिक अखण्डतालाई सधैँ सम्मान गर्छ । भवन बनेकाे विषयमा नेपालले फेरि जाँच (प्रमाणीकरण) गर्न सक्छ ।'
साथै दुवै देशबीच सीमा विवाद नरहेको र सम्बन्धित विषयमा छलफल कायम राखेको प्रेस नाेटमा उल्लेख छ ।
नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लाप्चा बगर भन्ने ठाउँमा चीनले भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि चिनियाँ पक्षबाट याे प्रतिक्रिया आएको हो ।
याे पनि पढ्नुहाेस्
चीनले भन्याे– 'लाप्चा बगर हाम्रै हाे' |
चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मङ्गलबार जानकारी दिनुभएकाे थियाे ।
अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकाेले सीमा कसरी कोरिएको छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने बताउनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।