नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ- नेपाल क्रिकेट संघ (क्यान) ले गएको मङ्गलबारको बोर्ड बैठकमा महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको थियो । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भएका थिए । पुरुष क्रिकेटरलाई भने यसअघि नै ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको सङ्घको निर्णयबाट महिला क्रिकेटरले सुरुवात राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
भदौ दोस्रो हप्ताका लागि तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको झण्डै तीन हप्तापछि मङ्गलबार चितवनमा सम्पन्न भयो । साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगायतका विभिन्न विषय पारित भए । योसँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई आउँदो दिनमा अझै व्यावसायिक बनाउन र अभिवृद्धिको लागि महिला खेलाडीलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागतयोग्य भएको बताइन् । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले आउँदो दिनमा फड्को मार्ने उनले अपेक्षा गरिन् ।
त्यसो त नेपालको महिला क्रिकेट टोलीलाई दक्षिण एसियामा बलियो टिमका रुपमा हेरिन्छ तर प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदैे आएको छ । न्यून अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुद पनि महिला क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोडिरहेका छन् । कप्तान रुबिनाले भने जस्तै उपकप्तान सीता राना मगरले पनि ग्रेडिङ गरी महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन् ।
अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को लामो प्रतिबन्धपछि फुकुवा भएको क्यानले आउँदा दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढाउन आउँदा दिनमा अन्तर्राष्ट्रियस्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताइन् ।
नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ । तर महिला टोली पनि कम छैन । मौका र यथेष्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कुनै शङ्का छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।