संसदबाट पारित कृषि विधेयकको विरोधमा भारतमा चक्काजाम

 असोज ९, २०७७ शुक्रबार ९:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद्को दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम भएको छ ।

किसान संगठनले देशभर चक्काजामको आह्वान गरेको हो । सरकारले विधेयक किसानको हितैषी भएको भन्दै यसबाट किसानको आय बढ्ने र उनीहरुको उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ । तर किसान संगठनले भने विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने कोशिस भएको आरोप लगाएका छन् ।

विधेयकको विरोधमा पंजाब र हरियाणामा सबैभन्दा धेरै प्रदर्शन भएका छन् । पन्जाबमा बिहीबार रेल रोक अभियान पनि चलेको थियो । किसान संगठनले आज देशभरि नै विधेयकको विरोधमा प्रदर्शन गर्ने बताएका छन् ।


 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया