भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
रसुवा - चीनले रसुवागढी नाकाबाट बुधबारदेखि सामग्री आयात सुरु गरेको भए पनि लगातारको झरीका कारण लोडअनलोड कार्य प्रभावित भएको छ ।
चीनले बुधबार एउटा चिनियाँ ट्रकमा ल्याएको स्वास्थ्य सामग्री नेपालतर्फ ल्याए पनि हिजो आएका सामग्री वर्षाको कारण नेपालतर्फ ल्याउन नसकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ । काेराेना भाइरसका कारण नेपालमा चिनियाँ सामग्री सिधैं आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् ।
मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउनपर्ने भएकाले समस्या हुँदै आएको छ । हिजो आएको सामग्री वर्षाको कारण चिनियाँ पक्षले झारेको थिएन । ती सामग्री आज मात्र नेपालतर्फ ल्याइनेछ । झण्डै तीन हप्ता बन्द भएर सञ्चालनमा आएको नाकाबाट न्यून सामग्री आयात भइरहेको छ ।
रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दैनिक पाँच वटा चिनियाँ ट्रकले सामग्री ल्याउने छन् । यही परिमाणमा सामग्री आए दशैंका लागि आयात गर्न लागिएका सामग्री पनि समयमै नआउने भएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।
यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।